ड्रिमर्स कप २०८२ : सातौँ दिनका चार रोमाञ्चक खेल सम्पन्न, सत्यवती र विसडम स्कुल विजयी

धनगढी- ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ को सातौँ दिन चार खेल सम्पन्न भएका छन्। प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा सञ्चालनरत छ।

ड्रिमर्स कपको सातौँ दिनको पहिलो तथा प्रतियोगिताको एकतिसौं खेलमा सिसिएस र स्वर्णिम शिक्षा सदनबिच प्रतिस्पर्धा भयो। टस जित्दै ब्याटिङका लागि मैदान प्रवेश गरेको सिसिएसले स्वर्णिमलाई ५४ रनको लक्ष्य दियो। जवाफी ब्याटिङमा उत्रिएको स्वर्णिमले ६.५ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै ४ विकेटले जित हात पार्न सफल भयो। उक्त खेलमा स्वर्णिमका सविन कार्कीले आफ्नो टिमलाई जित दिलाउन नट आउट रहँदै १७ बलमा ३५ रन आर्जन गर्दै प्लेयर अफ द म्याच घोषित भए।

Navadurga sun
Godawari sandesh

यस्तै, प्रतियोगिताको बत्तिसौं खेलमा एरिष्टो स्कुल र ज्योति स्कुलबिच प्रतिस्पर्धा भयो। टस जितेर बलिङ रोजेको थियो एरिष्टोले। सो क्रममा ज्योतिले एरिष्टोलाई मात्र २४ रनको लक्ष्य दिन सफल भयो। लक्ष्य पच्छ्याउन तेस्रो ईनिङमा मैदानमा उत्रिएको एरिष्टो ४ विकेटले जित्न सफल भयो। उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन नट आउट रहँदै ब्याटिङ तर्फ १ ओभरमा ५ रन खर्चिँदै १ विकेट लिन सफल सुदेश कुँवर प्लेयर अफ द म्याच घोषित भए।

Dadeldhura hospital

त्यस्तै, प्रतियोगिताको तेत्तिसौँ खेलमा सत्यवती एकेडेमी र ऐश्वर्य विद्या निकेतनबिच प्रतिस्पर्धा भयो। टस जितेर बलिङका लागि मैदान प्रवेश गरेको ऐश्वर्यले सत्यवतीलाई आफ्ना विरुद्ध ६७ रन बनाउन दियो । यद्धपी ६.० ओभरको समाप्तिमा ऐश्वर्यलाई अल आउट गर्दै सत्यवतीले ३८ रनले जित दर्ता गर्न सफल भयो। उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन सफल सत्यवतीका आदर्श थापाले ब्याटिङ तर्फ १३ बलमा १९ रन जोडे र बलिङ तर्फ २ ओभरमा ११ रन खर्चिँदै ५ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भए।

यसै गरी आज सोमबार भएको प्रतियोगिताको चौतिसौँ खेलमा राईजिङ स्टार र विसडम एकेडेमीबिच प्रतिस्पर्धा भयो। उक्त खेलमा टस जितेर विसडमले बलिङ रोज्यो भने राइजिङ स्टारले विसडमलाई ५३ रनको लक्ष्य दिन सफल भयो। जबाफी ब्याटिङमा उत्रिएको विसडमले ५ विकेटले जित हासिल गर्‍यो भने आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ ८ बलमा २२ रन र बलिङ तर्फ २ ओभरमा ९ रन खर्चिँदै २ विकेट लिन सफल स्वस्तिक बडुवाल प्लेयर द म्याच हुन सफल भए।

प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क र हेल्थ पार्टनर सिपी हस्पिटलले साथ दिएका छन्।

डिमर्स कप २०८२ मा सातौँ दिन सम्म आई पुग्दा दुई समूह (सी र डी) का समूह चरणका खेल सम्पन्न भएका छन्।

Loading...