कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाइते

धनगढी- कैलालीको गौरीगङ्गामा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

Dadeldhura hospital

सोमबार बिहान पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बस गौरीगंगा नगरपालिका – ८ बडैपुरमा दुर्घटनामा परेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिम प्रदेश ०१ ००१ ख २६३१ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

Loading...