कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान

धनगढी- नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झाले कैलाली अस्पताल प्रा.लि. का अध्यक्ष जनकराज जोशीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान–२०८२ प्रदान गरेका छन्। तिलक फिल्म्सद्वारा आयोजित विशेष समारोहमा स्वास्थ्य क्षेत्रप्रतिको निरन्तर योगदान, सेवा तथा समर्पणका आधारमा जोशीलाई यो सम्मान हस्तान्तरण गरिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

कार्यक्रममा सम्मानपत्र प्रदान गर्दै उपराष्ट्रपति झाले स्वास्थ्य सेवा क्षेत्र देश विकासकै महत्वपूर्ण आधार भएको उल्लेख गर्दै जोशीजस्ता समर्पित व्यक्तित्वहरूको निरन्तर सेवाभावले स्वास्थ्य क्षेत्रलाई अघि बढाउन मद्दत गरेको बताए। सम्मानपत्रमा जोशीले लामो समयदेखि स्वास्थ्य सेवामा देखाएको सक्रिय नेतृत्व, व्यवस्थापन क्षमता तथा समुदायप्रतिको सेवाभावलाई उच्च मूल्यांकन गरिएको छ। कैलाली अस्पताललाई सेवा विस्तार, गुणस्तर सुधार तथा आधुनिक स्वास्थ्य सुविधातर्फ उन्मुख गराउन उनले पुर्याएको भूमिकाको पनि प्रशंसा गरिएको छ।

Navadurga sun
Godawari sandesh

तिलक फिल्म्सले आफ्नो ११ औं वार्षिकोत्सवको अवसर पारेर देशभर स्वास्थ्य सेवा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्य राखेको जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपतिका साथै विभिन्न चिकित्सक, सामाजिक अगुवा तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्मानित अध्यक्ष जनकराज जोशीले सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा झनै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहने बताएका छन्।

Couple
Loading...