बैतडीमा चरेशसहित एक जना पक्राउ

बैतडी- बैतडीमा एक जना २३ ग्राम चरेशसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन नगरपालिका–२ बस्ने ३० वर्षीय सुरेस सिंह ऐर रहेका छन् । 

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–२ सिलङ्गा स्थित ऐरले संचालन गरेको खुद्रा पसलमा खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा २३ ग्राम चरेश फेला पारि उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको पाटन प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...