

अछाम- हातहतियार तथा खरखजना मुद्दामा फरार अछामका एक जना पक्राउ परेका छन् ।



जिल्ला अदालत अछामको मिति २०८२ श्रावण ३० गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएपछि फरार रहेका अछामको मेल्लेख गाउँपालिका–२ बस्ने मने धामी पक्राउ हुन् ।


धामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले बिहीवार जिल्ला अछामको मंगलसैन नगरपालिका–५ को मंगलसैन बजारबाट पक्राउ गरेको जनाएको छ ।





