मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछामको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गरेका छन् ।

बिहीबार आयोजित एक विशेष समारोहबिच मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्दै विकास निर्माणका काममा ढिलासुस्ती सह्य नहुने बताए । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले निर्माणको जिम्मा पाएको कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको समयभन्दा अगाडि नै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले पछिल्ला वर्षहरूमा निर्माण व्यवसायीहरूले समयमा काम सम्पन्न नगर्ने र आयोजनाहरू अधुरो छोड्ने प्रवृत्ति बढेको भन्दै प्रदेश सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए । सम्झौता अवधिभन्दा पहिले नै उत्कृष्ट काम गर्ने निर्माण कम्पनीलाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गरी पुरस्कृत गर्ने उनले प्रतिबद्धता व्यक्त गरे

सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रहेको यो पुल निर्माणका लागि गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुल ४० मिटर लम्बाइ हुने यस पुलको निर्माणको जिम्मा भगवती आर्किटेक जेभी, नेपालगञ्जले पाएको छ।

कम्पनीले ६ करोड ४३ लाख ९३ हजार २ सय ३९ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार पुल निर्माणको काम २०८४ असार २० गतेसम्ममा सम्पन्न गर्नुपर्ने लक्ष्य तोकिएको छ । पुल निर्माणपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुने र त्यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Loading...