प्रस्तावित सभाहल निर्माण: बजेट र प्राविधिक समस्याले काम ठप्प

धनगढी- डडेल्धुराको कीर्तिपुरमा निर्माण हुन लागेको सभाहलको काम वर्षौं बित्दासम्म पनि अगाडि बढ्न सकेको छैन ।सरकारी तथा निजी दुवै क्षेत्रमा सभाहलको अभाव भएकाले यस्तो पूर्वाधारको आवश्यकता महसुस गरी सुरु गरिएको काम अहिले अलपत्र अवस्थामा पुगेको हो । 

Ganyapdhura gau

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सभाहल निर्माणको प्रस्ताव स्वीकृत भएपछि जिल्ला समन्वय समितिको पहलमा काम थालिएको हो ।
‘डडेल्धुरामा सभाहल अत्यावश्यक भएको भन्दै हामीले यसका लागि पहल गरेका थियौं, तर अहिले काम रोकिएको छ,’ उनले भने ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

दुई करोड पाँच लाख रुपैयाँ लागतमा दुई सय जना अट्ने क्षमता भएको सभाहल निर्माण गर्ने योजना बनाइएको थियो । पहिलो पटक आर्थिक वर्ष २०७९/८० मा जग हालेर पिलरका लागि फलामका छड ठड्याइए पनि त्यसपछि काम अगाडि बढेन । अहिले जगमा झारपात पलाइसकेका छन् र निर्माण स्थल जीर्ण अवस्थामा पुगेको छ ।

जिल्ला समन्वय समितिको कार्यालय रहेको कीर्तिपुरको जग्गामा सभाहल निर्माण गर्नका लागि जग खनिएको थियो । पहिलो वर्ष ४० लाख रुपैयाँ खर्च गरी जग खनिएको र संरचना तयार पारिएको भए पनि त्यसपछि काम ठप्प छ । सहरी विकास तथा भवन कार्यालयलाई पटक–पटक पत्राचार गरेको भएपनि कामले निरन्तरता पाउन नसकेको जिल्ला समन्वय समिति प्रमुख भण्डारीले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर सहरी विकास तथा भवन कार्यालयले भवन निर्माणको जिम्मा पाएकामा कार्यालयले निर्माण कम्पनीलाई कार्यादेश नदिँदा काम अघि बढ्न सकेन । फलस्वरूप रकम फ्रिज हुन पुग्यो ।

सभाहल निर्माणका लागि दुई करोड पाँचलाख रुपैयाँ लागत अनुमानसहित बहुवर्षीय योजना अन्तर्गत २०७९ सालमा ठेक्का आह्वान गरिएको थियो । पहिलो वर्षको काममा जग हाल्ने कार्य सम्पन्न भएको थियो, तर दोस्रो वर्ष बजेट नपर्दा काम रोकियो । पछिल्लो वर्ष केही रकम विनियोजन भए पनि विविध प्राविधिक समस्या देखाउदै काम अगाडि बढेको छैन । रासस

Couple
Loading...