धनगढीमा साइकल र्‍याली हुने

धनगढी- धनगढीमा कात्तिक २९ गते शनिबार साइकल र्‍याली हुने भएको छ । धनगढी उपमहानगरपालिकाले साइकल र्‍यालीको आयोजना गर्ने भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

नगर प्रमुख गोपाल हमालले शनिबार आयोजना हुने साइकल र्‍यालीमा भाग लिन सार्वजनिक अपिल गरेका छन् । उनले घरमा भएको जस्तोसुकै साइकल ल्याएर बिहान ८ बजे ट्राफिक चौराहामा उपस्थिति हुन अनुरोध गरेका छन् ।

Navadurga sun
Godawari sandesh

धनगढी चौराहाबाट ठिक साढे ८ बजे साइकल र्‍याली सुरु हुने नगर प्रमुख हमालले बताएका छन् । उक्त र्‍याली धनगढी मुख्य सडक हुँदै गुरहीचोकबाट जेन्जी मार्गमा पुगेर समापन हुनेछ । नगर प्रमुख हमालले उक्त साइकल र्‍यालीमा सहभागी हुन सम्पूर्ण नगरवासीलाई अनुरोध गरेका छन् ।

Couple
Loading...