५० दरका ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता

काठमाडौं- नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले यो दरका ४२ करोड थान नोट छपाइ गर्न चिनियाँ कम्पनी छनोट गरेको छ ।

Dadeldhura hospital

केन्द्रीय बैंकले आह्वान गरेको बोलकबोलमा सबैभन्दा कम मूल्यमा बोल गरेको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको हो । उक्त कम्पनीले ५० दरको नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने छ । 

godawari10 Mahila hinsa
Navadurga sun

त्यसका लागि केन्द्रीय बैंकले उसलाई १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा करार गरेको हो । करार सम्बन्धी सम्झौता पनि बुधबार गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

Loading...