कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भारतबाट नेपाल तर्फ पैदल आईरहेको अवस्थामा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट बेल्डाडी गाउँपालिका–३ सिसमडाँडी बस्ने २५ वर्षीय योगेश राना लागूऔषधसहित पक्राउ परेका हुन्।

Dadeldhura hospital

रानालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun
Godawari sandesh

यसैगरी भीमदत्त नगरपालिका–१ भासी साईफन नहर नजिकबाट बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय रबिद्र महरालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ।

महराको साथबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई अस्थायी प्रहरी बिट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। मंगलवार पक्राउ परेका यी दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

Loading...