दिल्लीमा बम विस्फोटः ज्यान गुमाउनेको संख्या १३ पुग्यो

काठमाडौँ- भारतको राजधानी नयाँदिल्लीको व्यस्त क्षेत्र लालकिल्लास्थित मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।  कार विस्फोट घटनाबारे भारतीय सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ। मृतक केहीको भने सनाखत भएको छ।

घटनाबारे दिल्ली क्राइम ब्रान्च, स्पेसल ब्रान्च, फोरेन्सिक साइन्स ल्याब, नेसनल इन्भेस्टिगेसन एजेन्सीले अनुसन्धान थालेका छन् । दिल्ली पुलिसका आयुक्त सतिश गोल्छाले घटनाबारे भारतीय गृहमन्त्री अमित शाहलाई ब्रिफिङ गरेका छन्। तर, विस्फोट आंतकवादी हमला हो या होइन भन्ने भारत सरकारले घोषणा गरेको छैन।

Navadurga sun

लालकिल्ला चोकमा हरियाणा राज्यको नम्बरप्लेट रहेको कारमा विस्फोट भएको थियो । गोल्छाका अनुसार कारमा अन्य यात्रु पनि सवार थिए। विस्फोटमा आसपासका अन्य गाडी पनि क्षतिग्रस्त भएका छन्।

दिल्ली प्रहरी र गुरुग्राम प्रहरीले कारधनी भनिएका मोहम्मद सलमानलाई नियन्त्रणमा लिएर कारसम्बन्धी सोधपुछ गरेका छन्। सलमानले उक्त कार ओखलामा बस्ने देवेन्द्र नामका व्यक्तिलाई बेचेकोे र उनले पनि अम्बालामा कुनै अन्य व्यक्तिलाई बिक्री गरेको खुल्न आएको छ। प्रहरीले ती सबैको खोजी गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार २४ जना घाइतेको लोकनायक अस्पतालमा उपचार भइरहेको छ। गृहमन्त्री शाह र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। मेट्रो स्टेसनको गेट नम्बर १ छेउमा पार्क गरिएको गाडीमा विस्फोट भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...