नेपाल चेम्बर सुदूरपश्चिमले सुपलाई सूचना प्रविधि केन्द्र बनाउने अभियान सुरु

धनगढी- सुदूरपश्चिम प्रदेशलाई नेपालको अर्को सूचना प्रविधि केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम र टेकपाइला इनोभेसन्सले संयुक्त रूपमा सुदूरपश्चिम सूचना प्रविधि केन्द्र अभियान सुरु गरेका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

यो अभियानले शिक्षा, रोजगारी र प्रविधि–आधारित विकास मार्फत सम्पूर्ण सुदूरपश्चिमलाई डिजिटल रूपान्तरण तर्फ अघि बढाउने लक्ष्य राखेको छ।

Navadurga sun

युवाहरूको प्रविधिप्रतिको बढ्दो चासोलाई ध्यानमा राख्दै यस अभियान अन्तर्गत कम्प्युटर प्रोग्रामिङ, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, मेघ गणना लगायतका विषयमा अन्तर्राष्ट्रिय स्तरका रोजगारीमुखी कार्यक्रमहरू सञ्चालन गरिँदैछन्।

टेकपाइला इनोभेसन्सले डिजी समूहसँग सहकार्य गर्दै सुदूरपश्चिमका दुई सयभन्दा बढी विद्यालय र कलेजहरूसँग साझेदारी गरेको छ। यी संस्थाहरूमार्फत युनाइटेड किङडमको प्रतिष्ठित संस्थाद्वारा मान्यता प्राप्त नवीनतम सूचना प्रविधि पाठ्यक्रम लागू गरिँदैछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...