जनसेवा क्रिकेट क्लबको विजयी सुरुआत, एनआरवाइसी लिग चरणमै बाहिर

बैतडी- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करणअन्तर्गत शनिवार भएको खेलमा जनसेवा क्रिकेट क्लबले उत्कृष्ट सुरुआत गरेको छ।

Ganyapdhura gau

जनसेवाले साबिक विजेता नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)माथि ४३ रनको जित दर्ता ग¥यो। एनआरवाइसी यो हारसँगै लिग चरणबाटै बाहिरिएको छ। उसको यो दोस्रो हार हो। एनआरवाइसी यसअघि शुक्रबार त्रिपुरा क्रिकेट क्लबसँग १८६ रनले पराजित भएको थियो।

Navadurga sun
Godawari sandesh

जनसेवाले दिएको १८२ रनको लक्ष्य पछ्याएको एनआरवाइसी १८ दशमलव दुई ओभरमा १३८ रनमा ‘अलआउट’ भयो। जसमा निशान्त जोशीले अर्धशतकीय पारि खेल्दै ५९ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन्। खेलका ‘प्लेयर अफ द म्याच’ समेत भएका जनसेवाका नरेन्द्र चन्दले तीन विकेट लिए भने भरत चन्द र कमलेश महरले दुई/दुई विकेट लिए।

Dadeldhura hospital

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको जनसेवा २८ ओभरमा १८१ रनमा समेटियो। जनसेवाका राजेश चन्दले ४४ र नरेन्द्र चन्दले ४० रनको पारि खेले। एनआरवाइसीका भूपेन्द्र चन्दले चार र सुशील भाटले तीन विकेट झारे।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन्। आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले बताए।

यस्तै ‘म्यान अफ दी सिरिज’लाई १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलका ‘प्लेयर अफ दी म्याच’लाई एक हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए। गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो।

Couple
Loading...