पश्चिम सेती परियोजना : चार जिल्लामा ३ हजारभन्दा बढी परिवार विस्थापित हुने अनुमान

बैतडी- लामो समयदेखि प्रतीक्षित ८०० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना अब भारतीय कम्पनी एनएचपिसी लिमिटेडले निर्माण गर्ने करिब निश्चित भएको छ।

Ganyapdhura gau

कम्पनीले बिहीबार बैतडीको ढुङ्गाड क्षेत्रमा आयोजना प्रभावित स्थानीयहरूसँग वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) मसौदामाथि सार्वजनिक सुनुवाइ गरेको छ। प्रारम्भिक अध्ययनअनुसार बैतडी, डोटी, डडेलधुरा र बझाङ गरी चार जिल्लाका ३,०३१ परिवार विस्थापित हुने अनुमान गरिएको छ।

Navadurga sun
Godawari sandesh

एनएचपिसीले परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्षको प्रारम्भिक अध्ययन पूरा गरी मसौदा तयार गरेको हो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा चार वटै जिल्लाका समन्वय समिति प्रमुख, वन र नापी कार्यालयका प्रतिनिधि सहभागी थिए। 
जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले लामो प्रतीक्षापछि पश्चिम सेती आयोजना निर्माणको बाटो खुलेको बताए।

Dadeldhura hospital

त्यस्तै सिगास गाउँपालिका–५ र ६ का वडाध्यक्ष राजेन्द्रबहादुर चन्द र तेजबहादुर साउद, साथै पश्चिम सेती मूल सरोकार समिति अध्यक्ष रतन साउदलगायत स्थानीय जनप्रतिनिधिले कार्यक्रममा सहभागिता जनाए। 

साउदका अनुसार ढुङ्गाड क्षेत्रका स्थानीयवासीहरू आयोजना बन्ने आसमा वर्षौंदेखि स्थायी घर नबनाई बसेका छन्। कम्पनीका विद्युत् प्रबन्धक भूपेन्द्र रावतले डोटीको दिपायलमा आयोजना कार्यालय सञ्चालनमा आइसकेको जानकारी दिए। उनका अनुसार विस्थापित परिवारलाई मुआब्जा वितरणका लागि लगत तयारी अन्तिम चरणमा पुगेको छ।

चारै जिल्लाको प्रारम्भिक लगत तयार भइसकेकाले प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जग्गा अधिग्रहण समितिमार्फत मुआब्जा निर्धारणपछि निर्माण कार्य अघि बढ्ने बताए।

कम्पनीले सन् २०२६ जनवरीदेखि निर्माण सुरु गर्ने लक्ष्य राखेको छ। तर, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण निर्माण कार्य केही महिना ढिलाइ हुन सक्ने रावतले जानकारी दिए।

Couple
Loading...