पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौं- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब लमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियो । 

Navadurga sun
Godawari sandesh

सिधै आईसीयुमा राखेर उपचार गरिएको थियो र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल  भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेको थियो ।

गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो । त्सपछि उनी भारत गएर उपचार गराएका थिए । ती चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनको मृत्यु भएको हो ।

Couple
Loading...