कञ्चनपुरमा युवा मतदाताको उत्साह, ७० प्रतिशत नयाँ दर्ता युवा

कञ्चनपुर- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुरमा जारी मतदाता नामावली दर्ता तथा अद्यावधिक अभियानमा युवाको उल्लेख्य उत्साह देखिएको छ।

Ganyapdhura gau

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार असोज १० देखि कात्तिक २० गतेसम्म जम्मा १ हजार ७६५ जनाले नयाँ नाम दर्ता गराएका छन्। तीमध्ये करिब ७० प्रतिशत युवा मतदाता रहेका छन्।

Navadurga sun
Dadhaldhura pur

कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार कात्तिक पहिलो सातापछि नयाँ मतदाता दर्ताको गति तीव्र बनेको हो। दसैँ, तिहार र छठजस्ता चाडबाडका कारण सुरुमा काम केही प्रभावित भए पनि अहिले दैनिक ८० देखि १२० जनासम्मले नाम दर्ता गराइरहेका छन्।

हालै सरकारले ल्याएको अध्यादेश अनुसार ‘जेनजी पुस्ता’ का युवा मतदाताले पनि आगामी फागुनमा हुने निर्वाचनमा मतदान गर्न पाउने भएपछि युवाको सहभागिता बढेको हो।

निर्वाचन आयोगले यस पटक नागरिकलाई जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावली दर्ता वा अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ। कञ्चनपुरबाट अन्य जिल्लाका १०३ जनाले पनि नाम दर्ता गराएको कार्यालयले जनाएको छ।

मतदानका लागि उमेर १८ वर्ष पूरा हुनुपर्नेछ। मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया कात्तिक ३० गतेसम्म जारी रहनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...