शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय राजनीति हस्तक्षेपमुक्त गर्न माग गर्दै ज्ञापनपत्र

धनगढी- सुदूरपश्चिममा संचालन हुँदै गरेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा राजनितिक हस्तक्षेप मुक्त माग गर्दै सुदूरपश्चिम सरोकार तथा समन्वय समितिले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

गोदावरी नगरपालिका– ५ गेटामा निर्माणाधीन उक्त विश्वविद्यालयलाई दीर्घ प्रतीक्षापछि सरकारले २०८२ असोज ३१ गते प्रतिनिधिसभाबाट सम्बन्धित विधेयक पारित गरी ऐनमार्फत स्थापित गरेकाले समितिले यसलाई सुदूरपश्चिमका जनताको गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत पनि गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बिहीबार समितिले बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयलाई राजनीतिक प्रभाव र भागबण्डामुक्त संस्थाको रूपमा विकास गर्न जोड दिँदै उपकुलपति र अन्य महत्त्वपूर्ण पदहरूमा योग्य, पेशागत र निष्पक्ष व्यक्तिहरूको मात्र नियुक्ति गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गर्दा प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले सुदूरपश्चिमको गौरवका रूपमा यो विश्वविद्यालय सफल र जनमुखी बन्न सरकार तथा प्रशासन सधैं सहयोगी रहने बताए ।

विश्वविद्यालयमा यथाशीघ्र पूर्वाधार निर्माण, अस्पताल सञ्चालन र यसै वर्षदेखि एमबीबीएस अध्ययन/अध्यापन सुरु गर्न पनि सरकारसँग माग शहिद दशरथ चन्द चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिका संयोजक लोकराज पाण्डेय (आगो), सह–संयोजक आनन्दप्रसाद भट्ट, र सचिव धर्मसिंह कुंवर द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाएको छ ।

Loading...