खमैरामा मृत भेटिएका शेरबहादुर घट्ना प्रकरण : अदालतको निर्णयविरुद्ध पीडित परिवार सडकमा

आज संघर्ष समितिले गर्यो प्रहरी कार्यालय घेराउ

​​​​​​​लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न‌ं. १० खमौराका मृतक शेरबहादुर चौधरी हत्या प्रकरणमा अदालतले अभियुक्तलाई छोडेपछि पीडित परिवार र स्थानीयबासी आक्रोशित भएका छन् । उनीहरूले न्यायको माग गर्दै “न्यायका लागि संघर्ष समिति, खमौरा” गठन गरी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

Ganyapdhura gau

Navadurga sun

सङ्घर्ष समितिको संयोजक बाबुराम चौधरी रहेका छन् । समितिले कात्तिक १९ गते प्रमुख जिल्ला अधिकारी (सीडिओ) लाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र हत्यारामाथि कडा कानुनी कारबाही गर्न माग गरेका हुन ।

संघर्ष समितिले घोषणा गरेको कार्यक्रम अनुसार आज कात्तिक २० गते अत्तरिया प्रहरी चौकी घेराउ कार्यक्रम गरिएको छ । दोषिलाई कार्वाही नभए अझै शसक्त आन्दोदनमा जाने संघर्ष समितिले जनाएको छ । 

उक्त घटनामा गत असोज २३ गते खमौरा–१० निवासी चुलुराम चौधरीका छोरा शेरबहादुर चौधरीको विकास मल्ल र लक्की मल्लले हत्या गरेको आरोप छ ।

स्थानीयका अनुसार ती दुई जनाले राति घरमै गएर शेरबहादुरलाई तानेर लगे र निर्मम रूपमा हत्या गरेका थिए । घटनाको कारण भने मृतकका भाइसँगको रिसिबी रहेको बताइएको छ । मृतकका भाइ भने आक्रमणबाट ज्यान जोगाउन सफल भएका थिए ।

हत्या भएको केही दिनमै प्रहरीले दुबै अभियुक्तलाई पक्राउ गरेको थियो, तर अदालतले हालै अभियुक्त विकास मल्ललाई छुटाएको र अर्को अभियुक्त पनि छोडिन लागेको समाचार सार्वजनिक भएपछि मृतकका आफन्त आक्रोशित बनेका छन् ।

Dadhaldhura pur

आफन्तको प्रश्न – “गरिबको न्याय किन हराउँछ ?” 

मृतकका आफन्त र स्थानीयबासीले अदालतको निर्णयविरुद्ध नाराबाजी गर्दै प्रहरी चौकी घेराउ गरेका छन् । उनीहरूले “गरिब मर्ने, धनी बच्ने यस्तो कानुन किन ? कानुन सबैका लागि समान हुनुपर्छ” भन्ने लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

आफन्तहरूले भने, “हत्यारा खुलेआम घुमिरहेका छन्, हामी न्यायका लागि भौतारिरहेका छौँ । यस्तो न्याय प्रणालीले पीडितलाई अझ पीडा दिन्छ ।”

त्यसैगरी उक्त विरोध कार्यक्रममा गोदावरी नगरपालिका १० का वडाध्यक्ष समेत सहभागी भएका थिए । उनले भने, “मृतकका आफन्तहरूले माग गरेको न्याय उचित छ । म पनि उक्त घटनाको दोषिलाई कार्वाहीको जाेडदार माग गर्दछु । न्याय पाउनका लागि म आफैं पहल गरिरहेको छु ।”

पीडित परिवारले अदालतले हत्यारा विकास मल्ललाई छोडेको र अर्को अभियुक्त लक्की मल्ललाई पनि छुटाउने तयारी भइरहेको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन् । उनीहरूले अदालतमा पुनरावलोकनको माग गर्दै कात्तिक २१ गते अदालत घेराउने कार्यक्रम पनि तय गरेका छन् ।

त्यसैगरी, ज्ञापनपत्र बुझाउँदा प्रमुख जिल्ला अधिकारी (सीडिओ) ले पीडित पक्षसँग दुर्व्यवहार गरेको आरोप पनि आफन्तहरूले लगाएका छन् । उनीहरूको भनाइमा, “प्रजिअले हाम्रो कुरा सुन्ने सट्टा उल्टै दुर्व्यवहार गरे । पीडितलाई धम्क्याउने र अदालतको आदेश मान्न नसकिने भन्ने व्यवहार नै अन्यायको प्रमाण हो ।”

सङ्घर्ष समितिका संयोजक बाबुराम चौधरीले भने, “यो केवल हाम्रो परिवारको लडाइँ होइन, यो कानुनी समानताको लडाइँ हो । जबसम्म हत्यारामाथि कानुनी कारबाही हुँदैन, हामी सडकमा रहन्छौँ ।”

उनका अनुसार आन्दोलनका कार्यक्रम चरणबद्ध रूपमा अगाडि बढाइने छन् र आवश्यक परे जिल्ला प्रशासन र अदालत दुबै कार्यालय घेर्ने तयारी गरिएको छ।

स्थानीय बासिन्दाहरूले न्यायिक प्रणालीप्रति विश्वास घट्दै गएको बताइरहेका छन् । उनीहरूका अनुसार, “अदालतले प्रमाण र पीडाको मूल्य नदिएसम्म यस्ता घटना दोहोरिरहने छन् ।”

विरोध प्रदर्शनमा महिलादेखि वृद्धसम्मको उपस्थिति देखिएको थियो । प्रदर्शनका क्रममा “हत्या गर्ने हत्यारालाई सजाय दे, पीडितलाई न्याय दे” जस्ता नाराहरू गुन्जिएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...