देउवाको गृह जिल्लाको पालिकामा को–को भए सभापति

डडेल्धुरा, १० असोज– प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन विवादका वावजुद पनि सम्पन्न भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । बाँकी पाँच वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेसन भएको हो । अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट (मायालु) निर्वाचित भएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । त्यस्तै जिल्लाको नवदुर्गा गाँउपालिकामा भोजराज भट्ट गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसंगै पुरै कार्यसमिति सर्वसम्मत चयन भएको अधिकृत बमले बताए ।

अजयमेरु गाँउपालिकामा टेकराज पाण्डेय ८४ मतसहित गाँउपालिका सभापतिमा निर्वाचित भएका छन् । सचिवमा देबराज पनेरु विजय भएका छन् । परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी एक सय ४८ मत सहित बिजय भएका छन् । जम्मा २ सय मत खसेका थिए ।

गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की निर्वाचित भएका छन् । आलितालमा चन्द्रदेब बोहरा गाँउपालिका सभापतिमा विजय भएका छन । भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका छन् । एक पक्षले पालीका अधिवेशन सम्पन्न गरेको घोषण गरेको छ भने वर्तमान कार्यसमितिका सभापति कर्ण मल्लको प्यानलले कांग्रेस डडेल्धुरा पार्टी कार्यालयमा रिले अनशनमा छन्।

चार बुँदे मागसहित आफूहरू रिले अनशन कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले जानकारी दिदै आएका छन । हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा अधिवेशनको मिति तय गर्नुपर्नेलगायतका मागहरू आफूहरूले अघि सारेको उपसभापति भट्टले बताए ।

Loading...