बझाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बझाङ- बझाङको थलारा गाउँपालिका वडा नम्बर २, कफलकाँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाका अनुसार झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा गइरहेको ट्याक्टर पारमुल भन्ने ठाउँमा बुधबार राति अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

दुर्घटनामा थलारा–२, कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक कैलालीका खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । बेहोस अवस्थामा रहेका उनको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेकको छ ।

ट्याक्टरमा चालकसहित तीन जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै बगडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

Loading...