कञ्चनपुरमा भन्सार छलीका मोटर पार्ट र अवैध माछा बरामद

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका मोटर पार्ट र अवैध माछा बरामद गरिएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

भीमदत्त नगरपालिका–५ मदनचोक र पुनर्वास नगरपालिका–११ डोकेबजार क्षेत्रमा प्रहरीले अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान फेला पारेको हो ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामानहरू नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार एक लाख ४१ हजार बराबरको मोटर पार्ट, गियर बक्स, किट सर्किट गियर, वेरिङ, अनचेल्ड, माछा लगायतका विभिन्न वस्तुहरू रहेका छन्। उक्त सामान र माछालाई आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Couple
Loading...