आज उग्रतारा मन्दिरमा देहिजाँत मनाइदै

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज दोस्रो दिन दिउँसो देहिजाँत (दिउसेडी मेला) मनाइदै छ।

Ganyapdhura gau
Dadhaldhura pur

यस वर्ष कात्तिक १८ गते, रतेडी मेला लागेको उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भट्टले दिए । उनका अनुसार, छचोडा, खनमडा, दुमडाजिलोडा नामक चार गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) रहेको छ। ती चार गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ बजेको समयमा देउरो मन्दिर पुगेपछि दिउँसोको देहिजाँत मेला सुरु भएको छ ।

Navadurga sun

पण्डित भट्टका अनुसार, बिहान पूजाआजापछि भगवती माताको गाँज मन्दिरमा र विशेष चार स्थानमा बाजागाजासहित घुमाइन्छ। दिउँसो चार गाउँबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चार गाउँको भ्राणमा लगेर राखिएपछि मेला सम्पन्न हुनेछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...