बैतडीका विभिन्न स्थानहरूमा नेटवर्कको समस्या

बैतडी- बैतडी जिल्लाका विभिन्न स्थानहरूमा नेटवर्कको समस्या देखा परेको छ। हिउँदयाम सुरु भएसँगै, जिल्लाका थुप्रै क्षेत्रहरूमा नेटवर्क अवरुद्ध हुने समस्या दोहोरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

वर्षौंदेखि हिउँदयाममा यस्तो समस्या भोग्दै आएका बैतडीबासीहरूलाई यस वर्ष पनि त्यही समस्या पुनः भोग्नुपर्ने अवस्था आएको छ। नेटवर्कमा समस्या हुँदा कामकाजी र पढाइका सिलसिलामा बाहिर रहेका आफन्तहरूसँगसमेत कुराकानी गर्न कठिन भइरहेको स्थानीयहरूले बताएका छन्।

Navadurga sun
Godawari sandesh

केही स्थानहरूमा टावर रहेका भएपनि विद्युतको अभाव, र केही स्थानहरूमा टावर नै नहुनाले नेटवर्क समस्याको कारण बनिरहेको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख पुण्य विक्रम पौडेलका अनुसार, दूरसञ्चारसँग सम्बन्धित समस्याको समाधानको लागि वार्ता भइरहेको छ।

Couple
Loading...