

धनगढी- लागूऔषध मुद्दामा फरार कैलालीको टीकापुरका ३ जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना १० दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ बस्ने २८ वर्षीय शंकर खत्री, लागूऔषध मुद्दामै ६ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–६ कटानपुर बस्ने २४ वर्षीय उमेश चौधरी र सोही मुद्दामै २ महिना ९ दिन कैद सजाय र २५ हजार तोकिएको टीकापुर नगरपालिका–३ बस्ने २० वर्षीय समिर चौधरी रहेका छन् ।


जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तिनै जनालाई सोमवार इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।





