बैतडीमा थपिए ४ सय ७ नयाँ मतदाता

बैतडी- आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बैतडीमा ४ सय ७ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले असोज ९ देखि कात्तिक २८ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी गरेपछि जिल्लामा उत्साहजनक सहभागिता देखिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिए।

उनका अनुसार एकै दिनमा ४५ जनासम्मले नाम दर्ता गराएका छन्, जसमा १६ र १७ वर्षका किशोर–किशोरीको सहभागिता बढी छ। अहिले जिल्लामा कुल मतदाता संख्या १ लाख ५४ हजार १६८ पुगेको छ। यसमा महिला मतदाता ७६ हजार ९९८ र पुरुष ७७ हजार ३८० जना छन्। अघिल्लो निर्वाचनमा १ लाख ५० हजार १५६ मतदाता दर्ता भएका थिए।

Navadurga sun

अहिले मतदाताको संख्या अझ वृद्धि हुने अनुमान गरिएको जोशीले बताए। बैतडीमा १ सङ्घीय, २ प्रदेशसभा क्षेत्र, १० स्थानीय तह र ८४ वडा रहेका छन्। २०७८ सालको जनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख ४२ हजार १५७ रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...