कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ 

धनगढी- कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

आइतवार कैलालीको टीकापुर नगरपालिका–९ खक्रौला भन्सार चेकपोस्ट नजिकबाट लम्कीचुहा नगरपालिका–१ घुरवाका २२ वर्षीय कलम जैसी पक्राउ परेका छन् । जैसीको साथबाट २ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उनलाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । यस्तै आइतवार साँझ भारतबाट नेपाल तर्फ पैदल आइरहेका कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चांददेउका २१ वर्षीय पुर्णबहादुर चौधरीलाई प्रहरीले बेलौरी नगरपालिका–१० सडकघाटबाट पक्राउ गरेको छ ।

चौधरीको साथबाट १ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...