कञ्चनपुरबाट २ लाखको अवैध सामान बरामद 

कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले २ लाखको अवैध सामान बरामद गरेको छ।

Dadeldhura hospital

आइतवार भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ७ हजार ९ सय बराबरको सामान बरामद गरिएको हो ।

Navadurga sun
Godawari sandesh

भन्सार छलीको कस्मेटिक, हाडबेयर, किराना लगायतका सामान रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको जनाइएको छ ।

Loading...