प्रतिभा सामुदायिक पुस्तकालयको १६औं साधारण सभा तथा ८औं अधिवेशन सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- प्रतिभा सामुदायिक पुस्तकालयको १६औं साधारण सभा तथा ८औं अधिवेशन शनिबार संस्थाकै सभाहलमा भव्यतासाथ सम्पन्न भएको छ ।

Navadurga sun

कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गर्नुभएको थियो भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव राजबहादुर कडायतले गर्नुभएको हो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व मेयर हरिसिंह साउद, सिखर नगरपालिकाका पूर्व नगर प्रमुख सीताराम जोशी, पूर्व उपप्रमुख रत्ना कडायत, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्रबहादुर ऐर, पूर्व क्याम्पस प्रमुख डम्बर पाल र गिरी कडायत लगायतको उपस्थिति रहेको थियो।

“हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. जोशीले पुस्तकालयलाई राजनीतिबाट मुक्त राख्दै स्वतन्त्र, सक्षम र निष्पक्ष समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सक्षम युवाहरू र महिलाहरूको सहभागितासहितको समिति गठनले पुस्तकालयलाई अझ प्रभावकारी बनाउन सकिने बताउनुभयो।

कार्यक्रममा अध्यक्ष पुष्पराज जोशीले पुस्तकालयलाई साहित्यिक, प्रविधिमैत्री र अपाङ्गमैत्री बनाउने आवश्यकता औंल्याउँदै आउँदो समितिले स्मार्ट लाइब्रेरी निर्माणतर्फ पहल गर्नुपर्ने बताउनुभयो।

वित्तीय प्रतिवेदन अनुसार, आ.व. २०८१/८२ मा पुस्तकालयको विशुद्ध आम्दानी रु. १३ लाख ६२ हजार ३११ रहेको छ। गत वर्षको बाँकी रकमसहित कुल मौज्दात रु. २८ लाख ८२ हजार ९८८ पुगेको र संयुक्त रकम रु. ४२ लाख ४५ हजार ३०० रहेको उल्लेख गरिएको छ।

पुस्तकालयमा हाल ५१९ पुरुष र ४६ महिला गरी ५६५ आजीवन सदस्य रहेका छन्।

अधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवार सूची यसप्रकार छ —

अध्यक्षमा दीर्घराज भट्ट, भूपेश जोशी र योगेन्द्र हमाल;

उपाध्यक्षमा नरेन्द्रराज शर्मा र टेकराज भट्ट;

सचिवमा धर्मसिंह कुँवर र लिलाधर बास्कोटा;

कोषाध्यक्षमा जयराज पुलारा र कमला भट्टराई;

सह–सचिवमा हेमन्त जोशी;

र सदस्यमा शेरसिंह खड्का, रामचन्द्र जोशी, नरेन्द्रबहादुर बोहरा, तपराज ओझा र खिमादेवी ओझा रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...