कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय सास्तीमा

कञ्चनपुर- कृष्णपुर नगरपालिका–१दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेपिरहेका छन्। बर्सातमा बाढी आउँदा खोला तर्न नसकिने र हिउँदमा बनेका खाल्डाखुल्डी तथा चिप्ला ढुङ्गाका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

पुल निर्माणका लागि पटक–पटक माटो परीक्षण र सर्वेक्षण भए पनि अहिलेसम्म कुनै ठोस काम अघि बढेको छैन। स्थानीय ८० वर्षीय नरबहादुर बोहराका अनुसार हरेक निर्वाचनमा नेताहरूले वाचा गरे पनि चुनाव सकिएपछि कसैले ध्यान नदिने गरेको छ।

Navadurga sun

विद्यालय जाने बालबालिका र सर्वसाधारण बाढीका कारण बढी प्रभावित हुने गरेका छन्। बर्सातमा खोला तर्न नसक्दा दोमिल्ला, सुन्दरीफाँटा, पहरीया लगायतका बासिन्दाले नजिकका बजार झलारी र कलुवापुर पुग्न लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्छ।

स्थानीयहरूले लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका छन्। उनीहरूको भनाइमा पुल बनेमा विद्यार्थी, बिरामी तथा किसानको आवतजावत सहज हुने र आर्थिक गतिविधि बढ्नेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...