धनगढीमा जेसिजद्वारा निःशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न

धनगढी- “समुदायमा जेसिज” भन्ने मूल नाराका साथ धनगढी जेसिजले सञ्चालन गरिरहेको जेसिज सप्ताह–२०२५ अन्तर्गत शुक्रबार निःशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको शुभारम्भ मन्टेश्वरी स्कुलको सहकार्य र निसर्ग अस्पताल हसनपुरको प्राविधिक सहयोगमा एक दिने स्वास्थ्य शिविर सम्पन भएको धनगढी जेसिजका महासचिव जेसि आशिष शाहले जानकारी दिए ।

एक दिने स्वास्थ्य शिविरमा बाल रोग विशेषज्ञ डा. प्रदीप मिश्रले करिब १५० बालबालिकाको स्वास्थ्य परीक्षण गरेको उनले जानकारी दिए । कार्यक्रमको अध्यक्षता धनगढी जेसिज वर्ष २०२५ का अध्यक्ष जेसिआई सिनेटर लोक राज भट्टले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथी धनगढी उप–महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जुगराम चौधरी रहेका थिए ।  प्रमुख अतिथी चौधरीले जेसिज धनगढीले गरेको काम निकै सह्रानिय भएको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले वालबालिका र उनका अभिभावक लाई स्वास्थ्य परिक्षण आवश्यक रहेको कुरा यस शिविरले प्रदान गरेको बताए । उनले वडा नम्बर ८ मा स्वास्थ्य शिविर संञ्चालन गरेको भन्दै शुभारम्भ स्कुल र धनगढी जेसि लाई धन्यवाद दिए । जेसिआई सिनेटर लोकराज भट्टले धनगढी जेसिजले विगतदेखि नै विभिन्न माध्यममार्फत युवा नेतृत्व विकास, सामाजिक सेवा र समुदायका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले “जेसिज सप्ताहले सदस्यहरूमा सेवा भावना र समाजप्रतिको उत्तरदायित्व अझ प्रगाढ बनाउने विश्वास लिए । धनगढी जेसिजले वर्षभरि विभिन्न सामाजिक कार्यक्रम, प्रशिक्षण र जनसेवामूलक गतिविधिहरू गर्दै आएको छ । यस वर्षको जेसिज सप्ताह पनि त्यसैको निरन्तरता स्वरूप गरिएको उनले बताए ।

कार्यक्रममा जेसिज सप्ताहका मूल संयोजक जेसि सन्तोष पन्त, धनगढी जेसिज वर्ष २०२३ का तत्कालीन अध्यक्ष जेसि मोहन राज ओझा, जेसिज वर्ष २०२३ का महासचिव महेश ओझाले जेसिस धनगढीको महत्व र यसले समुदायमा गदै आएको समाजिक उत्तरदायित्वका बारेमा आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी शंकर बोहरा, जुनियर जेसिज एरिया संयोजक जेसि निशान्त बम, धनगढी जेसिजका बोर्ड पदाधिकारी र सदस्यहरू, धनगढी जुनियर जेसिजका पदाधिकारी, सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन धनगढी जेसिजका महासचिव जेसि आशिष शाहले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसि भुवन बिष्टले गरेका थिए ।

Loading...