कैलालीमा आजदेखि धान खरिद सुरु

किसानबाट ३५ हजार क्विन्टल धान खरिद गर्ने तयारी

अत्तरिया- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (बुधबार) देखि कैलाली जिल्लामा धान खरिद कार्य सुरु गरेको छ। कम्पनीले किसानबाट धान सङ्कलन गर्नका लागि जिल्लाभर छ वटा खरिद डिपो स्थापना गरेको छ।

कम्पनीका प्रमुख दीपक थापाका अनुसार, केन्द्र कार्यालयबाट आएको परिपत्रका आधारमा कैलाली जिल्ला प्रशासन कार्यालयमा बसेको खरिद समितिको बैठकले बुधबारदेखि धान खरिद सुरु गर्ने निर्णय गरेको हो।

Navadurga sun

सरकारले पहिलो चरणमा कैलाली जिल्लाका किसानबाट ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको छ। किसानले आफ्ना धान बिक्री गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले धान खरिद डिपोहरू धनगढी मोहनपुर, गौरीगङ्गा, जोशीपुर, भजनी, सत्ती र टीकापुरमा स्थापना गरेको छ।

यसअघि, नेपाल सरकारले साउन २६ गते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो। सोही मूल्यका आधारमा अहिले किसानबाट धान खरिद गरिने भएको हो।

कम्पनीका प्रमुख थापाका अनुसार, यस कार्यक्रमले किसानलाई लाभ पुर्‍याउने र धानको उचित बजार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। उनले भने, “किसानले उत्पादन गरेको धान उचित मूल्यमा बिक्री गर्न पाउँछन् भने उनीहरू उत्साहित हुनेछन् र आगामी वर्ष अझ राम्रो उत्पादन गर्न प्रेरित हुनेछन्।”

ADD Khali jpg
ADD Khali jpg
Loading...