व्यापारी हत्या प्रकरण : चार अभियुक्त सार्वजनिक

बैतडी, ८ असाेज– बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौंका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ ।

Dadeldhura hospital

सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको भएपनि अन्य तीनजनाको संलग्नता नदेखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

Navadurga sun
Godawari sandesh

सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा बिहीबार बिहान सन्सेरीमाडौंमै मृत फेला परेका थिए । सन्सेरीमाडौंमा मासु पसल सञ्चालन गर्दै आएका महराको टाउको, छाती र शरिरका अन्य भागमा चोट देखिन्छ ।

पक्राउ परेका चारैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई बैतडी जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Loading...