धनगढीका कम्प्युटर व्यवसायी धामी जगंलमा मृत फेला

धनगढी- धनगढीका कम्प्युटर सम्बन्धी व्यवसाय गर्दै आएका नरेश धामी मृत फेला परेका छन । धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका धामी शिवपुरी जङ्गलमा मृत फेला परेका हुन ।

Dadeldhura hospital

उनी कात्तिक ३ गते सोमवार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय, कैलालीले उनी धनगढी उपमहानगरपालिका–४ शिवपुरी जङ्गलमा मृत फेला परेका बताएको छ । उनी जङ्गलमा मृत फेला परेका भएपनि कारण खुलेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरिरहेको बताएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सोमवार नै काठमाडौँबाट धनगढी फर्किएका धामीले दिनमा आफ्नो पसलमा काम गरेका थिए । साँझ कोठाबाट अकस्मात् बेपत्ता भएको उनको परिवारका सदस्यहरूले बताएका थिए । धामीले बोकेको मोबाइल बन्द थियो । उनी सामान्य अवस्थामै बाहिर निस्किएका थिए ।

Loading...