बाजुराको कोल्टी बस पुगेपछि स्थानीय हर्षित

बाजुरा- जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको कोल्टीमा बस पुगेपछि स्थानीय हर्षित भएका छन् । अविरल वर्षातका कारण मार्तडी–कोल्टी सडकअन्तर्गत पर्ने जिल्ली सडकमा गएको पहिरोका कारण विगत लामो समयदेखि सडक अवरुद्ध हुँदा बस मार्तडीमै रोकिने गरेका थिए ।

Ganyapdhura gau

बुढीनन्दा नगरपालिकाले मार्तडीदेखि कोल्टी सडक मर्मत तथा सफाई गरेसँगै सदरमुकाम मार्तडीमै रोकिने गरेका बस कोल्टीमा सुचारु भएपछि घरदेखि बस सेवा लिन पाउँदा यती बेला यहाँका स्थानीय हर्षित भएका हुन् ।

Navadurga sun

जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयलाई आउजाउमा सहज हुने गरी दसैँ अगाडि जिप सेवा सुचारु भए पनि बस सञ्चालन हुन सकेका थिएन । अहिले डोजरले पुनः मार्तडीदेखि कोल्टी सडक मर्मत तथा सफाई गरेपछि बल्ल बस सञ्चालन आएको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

मार्तडी देखि कोल्टी सडक गत बुधबारमा सफाई गर्ने काम सकिए पनि बस भने मङ्गलबारदेखि मात्र सुचारु भएको ना ५ ख ५२५८ नम्बर बसको मालिक टीका थापाले बताए । उनले भने “पानी परेर सडक नर्बियो भने अब दैनिक रुपमा कोल्टीबाट धनगढी, महेन्द्रनगर नेपागञ्ज र काठमाडौँ बस सुचारु हुन्छन् ।”

Dadhaldhura pur

यहाँका स्थानीयलाई मार्तडी पुगेर बस सेवा लिन खर्चिलो हुन्थ्यो । कोल्टीदेखि बस सेवा सञ्चालन भएपछि उनीहरुको यात्रुलाई अहिले भाडामा पनि निकै सहज भएको थापाले बताए ।

गत भदौदेखि बुढीनन्दा नगरपालिकाले मार्तडी–कोल्टी सडक मर्मत कार्य सुरु गरिएको थियो । सडक निर्माण गर्ने कामलाई तीव्रता दिएसँगै दशैँ अगाडि जिप सञ्चालनमा ल्याएका थियौँ ।

अहिले फेरि बस सञ्चालनका लागि पुन सडक मर्मत गर्ने काम भएसँगै यती बेला दिपावलीको बेलामा कोल्टी बस पुर्याउन समेत सफल भएको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनकबहादुर बोहराले बताए ।

उनले भने , “अब यसको मुख्य समस्या बाउली दानसाँग खोलामा छिटो पुल निर्माण गर्न लगाउनुपर्ने छ । कालोपत्रेको काम छिटो गराउनुपर्ने छ । यसका लागि हामीले सम्बन्धित निकायलाई काम चाँडो गर्नका लागि पहल कदमी गरेका छौँ । केही समयपछि काम सरु हुन्छ ।”

त्यसपछि यहाँका दुर्गम गाउँ बस्तीका स्थानीयले हिउँद बर्खामै कोल्टीदेखि देशका विभिन्न ठाउँमा बस सेवा नियमित लिन पाउँने बुढीनन्दा नगरपालिकाका नगरप्रमुख बोहराले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...