कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

धनगढी- कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक राज कुमार सिहंका अनुसार दुर्घटनामा परी १२ जना घाइते भएका छन्।

Navadurga sun

दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेहरुको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको सिहंले बताए । प्रहरीका अनुसार ट्याक्टरमा मलामी लिएर चिसापानीतर्फ जाँदै गर्दा अनियन्त्रित हुँदा ट्याक्टर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...