कैलाली प्रशासनद्वारा जेनजी आन्दोलनका घाइतेबाट निवेदन माग

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुबाट निवेदन माग गरेको छ। प्रशासनले आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च उपलब्ध गराउनका लागि निवेदन माग गरेको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कैलालीका ५४ जना घाइते भएको सरकारी तथ्याङ्क छ।

Dadeldhura hospital

निवेदन दिएका घाइतेलाई कागजात र प्रमाणका आधारमा घाइते परिचयपत्र तथा खर्च वाफत २० हजार रुपियाँ उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

प्रशासनले घाइतेहरुलाई सम्बन्धित स्थानीय तहको सिफारिससहित अस्पताल भर्ना टिकट, घाइतेको बैङ्क खाता नम्बर, हालसालै खिचिएको दुई थान फोटो, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर घाइते स्वयमलाई उपस्थित हुन अनुरोध गरेको छ।

Loading...