






बझाङ- बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमवार बझाङको जयपृथ्वी नगरपालिका–३ पानकोटमा करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ घर भई विद्युत सम्बन्धि काम गर्ने २० वर्षीय अनिल रानाको मृत्यु भएको हो ।




रानालाई विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागेर घाईते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

