डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

Navadurga sun

डोटी- डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–३ देवलमा मङ्गलवार बिहान करिब १ः३० बजेको समयमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलाली (सुखड) बाट देवलतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडक खण्डमा सापट भाँचिँदा सडकमा पल्टिएको हो ।

दुर्घटनामा परि बडिकेदार गाउँपालिका–३ देवलकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिप चालक कैलाली घोडाघोडी नगरपालिका–८ मैनापोखरीका २७ वर्षीय सरोज विक सहित अन्य यात्रु सकुशल रहेका छन् । जिपमा चालकसहित नौ जना थिए ।

दुर्घटना स्थलमा प्रहरी निरीक्षक पदम राज भट्टको कमाण्डमा चार जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Loading...