उत्तरपुस्तिका जलेपछि सीटीईभीटीले पुनः परीक्षा लिने

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा लिने भएको छ।

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सञ्चालन हुने भएको छ।

गत आन्दोलनका क्रममा प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका थिए। तीमध्ये करीब १४ हजार ७ सय वटा उत्तरपुस्तिका नष्ट भएको प्रवक्ता आचार्यले जानकारी दिए।

जलेका उत्तरपुस्तिकामा डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका विद्यार्थीहरूका परीक्षा समावेश रहेका थिए। सीटीईभीटीले विद्यार्थीहरूको हितलाई मध्यनजर गर्दै पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

Loading...