कैलालीमा पेस्तोलसहित एक जना पक्राउ

धनगढी- कैलालीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई प्रहरीले मंगलवार पेस्तोलसहित पक्राउ गरेको हो ।

Navadurga sun

शाहीले आफ्नै भान्सा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा टाईप ५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थान सहित उनलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...