धनगढीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी- कैलालीको धनगढीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट २ जना पक्राउ परेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

नेपाल प्रहरीले शनिवार दिउँसो धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय यलसन चौधरी र घोडाघोडी नगरपालिका–११ का १९ वर्षीय पर्शुराम कठरिया पक्राउ परेका बताएको छ ।

Navadurga sun

चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ प २५६८ नम्बरको मोटरसाइकल शँका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट एक ग्राम ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको हो ।

उनीहरूलाई मोटरसाइकलसहित प्रहरी चौकी त्रिनगरले पक्राउ गरेको हो । उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...