गौरीगंगा नगरपालिका असोज १ गते देखि सञ्चालनमा आउने

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका असोज १ गते देखि सञ्चालनमा आउने भएको छ । नगरपालिकामा आइतबार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकपछि बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा जलेको नगरपालिका, वडा, भवन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

Dadeldhura hospital

प्रमुख प्रशासकीय राम बहादुर केसीले कार्यपालिका बैठकबाट भाद्र ३० देखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा नगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालय भवन, सवारी साधन र कार्यालय सञ्चालन उपकरण जलेर नष्ट भएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

नगरपालिकामा ठुलो क्षति भएपछि आइतबार नगरपालिकाको आह्वानमा सर्वदलीय–सर्वपक्षीय बैठक बसेको थियो ।

Loading...