जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगेका सामान फिर्ता गर्न थाले

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगिएका सामान फिर्ता गर्न थालिएको छ। आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि घर लगिएका सामान शनिवारदेखि फिर्ता गर्न थालिएको हो ।

Dadeldhura hospital

जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा सामान बुझ्न सशस्त्र प्रहरीलाई खटाइएको छ। आइतवार बिहान १० बजेसम्म ६ थान दराज, १२ थान अफिस कुर्सी, एक सेट सोफा, कम्प्युटर टेबुल, फाइल राख्ने र्‍याक लगायतका सामान फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई तोडफोड र आगजनीको क्रममा सरकारी कार्यालय तथा निजी घर तथा पसलबाट लगिएको सामान फिर्ता गर्न अपिल गरिएको छ।

Loading...