गोदावरी मोबाइल व्यवसायी संघको प्रथम साधारण सभा विषम परिस्थितिका कारण स्थगित

लक्ष्मी भट्ट/अत्तरिया- देशभरको राजनीतिक तथा सामाजिक अस्थिरता र हाल उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै गोदावरी मोबाइल व्यवसायी संघले भदौ २८ गते स्वागत इन होटल, अत्तरियामा आयोजना गर्न लागिएको प्रथम साधारण सभा स्थगन गरेको छ ।

संघका अध्यक्ष गंगाप्रसाद निरौलाका अनुसार, पछिल्लो समय देशमा देखिएको असहज परिस्थितिले सहभागी सदस्यहरूको उपस्थिति र कार्यक्रमको सफलतामा असर पर्ने सम्भावना देखिएकोले उक्त निर्णय गरिएको हो । अध्यक्ष निरौलाले भने, “संघको पहिचान, उद्देश्य र भविष्यको रणनीति तय गर्न अत्यन्त महत्त्वपूर्ण मानिएको प्रथम साधारण सभा हालको स्थितिमा आयोजना गर्नु उचित नहुने ठहर गरिएको छ । आगामी सूचना जारी नभएसम्मका लागि सभा स्थगन गरिएको छ ।”

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी मोबाइल व्यवसायी संघ हाल अत्तरिया क्षेत्रमा सक्रिय ६२ जना मोबाइल व्यवसायीहरूद्वारा प्रतिनिधित्व गरिएको संस्था हो । मोबाइल व्यवसायसँग प्रत्यक्ष संलग्न रहेका व्यापारीहरूको साझा मञ्चको रूपमा स्थापना गरिएको यो संघले व्यवसायीहरूको हकहित, सुरक्षा, व्यावसायिक वातावरणको सुदृढीकरण, र सामाजिक उत्तरदायित्वको प्रवर्द्धन गर्न निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आएको छ ।

Dadeldhura hospital

संघ गठन भएको छोटो समयमै यसले व्यवसायीहरू बीच आपसी एकता, सहयोग र समझदारीको वातावरण बनाउँदै आएको छ । साथै, विभिन्न समयमा सामाजिक कार्य, दुर्घटनामा परेका व्यवसायीलाई आर्थिक सहयोग, तथा समुदायसँग जोडिएका कार्यक्रमहरू सञ्चालन गर्दै आएको संघले बताएको छ ।

अध्यक्ष निरौलाले थप स्पष्ट पार्दै भने, “हामी व्यवसाय मात्र होइन, समाजप्रति उत्तरदायी नागरिक पनि हौं । संघले व्यवसायीहरूको मात्र होइन, स्थानीय समाजको हितमा पनि काम गर्ने अठोट लिएको छ ।”

संघको नारासमेत “सामाजिक सद्भाव, व्यावसायिक सुरक्षा, हकहित र अधिकार हाम्रो कामना” भन्ने रहेको छ । यही नाराको भावना अनुसार सञ्चालन हुँदै आएको संघको पहिलो साधारण सभा स्थगित हुनुको निर्णयलाई व्यवसायीहरूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।

नयाँ मितिको जानकारी संघले आगामी दिनमा औपचारिक सूचना मार्फत सार्वजनिक गर्ने जनाएको छ ।

Loading...