कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि ५० जना चुनावी मैदानमा

धनगढी- कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि ५० जना चुनावी मैदानमा होमिएका छन् । भदौ २८ गते हुने नौ पदाधिकारी र १३ सदस्य गरेर २२ पदका लागि ५० जना चुनावी मैदानमा होमिएका हुन् ।

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन समितिका अनुसार २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

Navadurga sun

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि पुष्करराज ओझा र रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । स्वाँर पूर्वमहासचिव हुन भने ओझा वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

ओझाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमविक्रम विष्ट, उद्योग उपाध्यक्षमा वासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमार विष्टले उम्मेदवारी दिएका छन्। ओझाको प्यानलबाट १३ जनाले सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।

रुपेश स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डे, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्दले उम्मेदवारी दिएका छन्। स्वाँर प्यानलबाट पनि १३ जनाले सदस्य पदमा उम्मेदवारी दिएका छन्।

कैलाली उद्योग वाणिज्य संघको तीन पदाधिकारीसहित ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिवमा कोपिला कुँवरले स्वतन्त्र पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...