अत्तरियाको बनखेत शिव मन्दिरमा गौरा पर्वको भव्य आयोजना

लक्ष्मी भट्ट/अत्तरिया- बनखेतस्थित शिव मन्दिर परिसरमा यस वर्ष पनि गौरा पर्वको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन् । स्थानिय बासिन्दाहरूको सक्रिय पहल र सहभागितामा फाग, गमरा नचाउने, गौराका चैत, धुमारी तथा देउडा गीतजस्ता कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय बासिन्दा बालकृष्ण खाँतीका अनुसार शिव मन्दिर परिसरमा हरेक वर्ष गौरा पर्वकै अवसरमा देउडाका धुनहरू गुञ्जिने परम्परा रहेको छ । देउडा तीन किसिममा खेलिन्छ– पुरुष–पुरुषबीच, आइमाई–आइमाईबीचपुरुष–आइमाईबीच । यस क्रममा विशेषगरी युवा तथा प्रौढ सहभागीहरूले पाइला मिलाउँदै सामूहिक रूपमा गीत गाउने र नाच्ने गर्छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा सहभागी महिलाहरूले शिव–पार्वतीका साथै गौरा र मयासरका मूर्तिहरू टाउकोमा राखेर गीत गाउने र नाच्ने परम्परागत चलनलाई निरन्तरता दिएका छन् । यसले वर्तमान पुस्तालाई सांस्कृतिक चेतना जगाउनुका साथै भविष्यमा पनि गौरा–देउडा संस्कृतिको संरक्षण हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

समाजसेवी तेजबहादुर बलारका अनुसार यस्ता कार्यक्रमले हाम्रो मौलिक संस्कृति संरक्षण मात्र होइन, मनोरञ्जनको समेत माध्यम बनेको छ । ८–१० दिनसम्म निरन्तर आयोजना हुने यी सांस्कृतिक गतिविधिबाट नयाँ पुस्ताले सिक्ने र पुराना पुस्ताले आफ्नो संस्कृतिलाई जीवित राख्ने अवसर पाउँने बताए ।

सुदूरपश्चिममा जिल्ला र स्थान अनुसार फरक–फरक शैलीमा गौरा मनाइने भए पनि यसको मूल सार एउटै रहेको र यसले एकता झल्काउने बताइन्छ । बनखेत शिव मन्दिरमा यस वर्ष पनि व्यापक जनसहभागिता रहेको र बालबालिकादेखि प्रौढसम्मले उत्साहका साथ फाग, देउडा, धुमारी तथा चैतहरूमा सहभागिता जनाएका थिए ।

Loading...