धनगढीमा साढे १४ लाख बढीको अवैध सामान बरामद

धनगढी- कैलालीको धनगढीमा सशस्त्र प्रहरीले करिब साढे १४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका अनुसार शनिबार राति करिब ८ बजे भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको रु. १४ लाख ६२ हजार ८९६ मूल्य बराबरको सामान फेला पारिएको हो । 

Dadeldhura hospital

बरामद गरिएका सामग्रीमा हार्डवेयर, मोबाइल पार्ट्स तथा गोरु गाडा रहेका छन् । विशेष सूचनाका आधारमा बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको टोलीले धनगढी–१० सिमलघाट क्षेत्रमा सामान बरामद गरेको हो ।

Navadurga sun
Godawari sandesh

नायब निरीक्षक भुवनबहादुर विश्वकर्माको कमाण्डमा खटिएको १४ जनाको टोलीले उक्त सामान भारतबाट ल्याई स्थानीय उखुवारीमा लुकाइ राखेको अवस्थामा फेला पारेको जनाएको छ ।

बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि आइतबार नै कैलाली भन्सार कार्यालय, धनगढीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Loading...