झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छः मन्त्री भण्डारी

बैतडी- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताए ।  

Ganyapdhura gau
Dadhaldhura pur

आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको बताए ।
“नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग बनाउने कुराको बारेमा कूटनीतिक रुपमा कुरा भइरहेको छ”, उनले भने, “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति छ।

Navadurga sun

यो विषयमा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि राख्नुभएको छ। यो विषयमा चीनले सहयोग गर्ने कुरामा विश्वास छ ।” चीन भ्रमणपश्चात् प्रधानमन्त्रीको भारत भ्रमण पनि रहने र भारतमा पनि यो विषय प्राथमिकतामा रहने भण्डारीले बताए । यस्तै उनले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताए । 

उनले भन्ने, “एकीकृत महाकाली सन्धि, पञ्चेश्वर परियोजनाका बारेमा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ । सम्भवत यो वर्ष सन्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्नेछौँ । जसका लागि भारतको पनि सहमति आवश्यक पर्दछ।” दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोरलगातयका विषय पनि प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताए । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...