नगरपालिकाको प्रयास बीचमा पनि छाडा पशु समस्या बढ्दै

लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्या दिनानुदिन बढ्दै गएको छ । विशेषगरी रातको समयमा सडकमा छाडिएका गाई, बहर र अन्य चौपायाले किसानको धान, तरकारी तथा अन्य बालीनाली नोक्सान गरिरहेको स्थानीयहरूले बताएका छन् । कतिपय स्थानमा दिउँसो पनि यी चौपायाले बालीहरू खाएर सखाप पारिरहेको पाइन्छ ।

स्थानीय जनप्रतिनिधि र नेताहरूले कहिलेकाहीँ खोर निर्माण गर्न खोजेका भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नगरपालिकाको तर्फबाट पनि यस सम्बन्धमा ठोस कार्यक्रम आउन सकेको छैन । स्थानीयहरूको अनुभव अनुसार दुध नदिने गाई र बहरहरू बाट फाइदा नहुने भएकाले मानिसहरूले ती पशुहरूलाई सडकमा छाड्ने गरेका छन् । यसले गर्दा किसानहरूमा आर्थिक क्षति र मानसिक पीडा बढेको छ ।

Navadurga sun

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीका अनुसार, नगरपालिकाले लालपुर क्षेत्रमा १०० बिघा जग्गामा चारैतिर तारबार बनाएर दुई टहरा निर्माण गरेको छ । यसरी नगर प्रहरी तथा स्थानीय जनताको सहयोगमा पशुहरूलाई नियन्त्रणमा राख्ने प्रयास भइरहेको छ । बिनाडीले भने, “यस कदमबाट समस्या केही हदसम्म समाधान हुने देखिन्छ, तर नयाँ कार्यक्रम हाल नगरपालिकासँग छैन ।”

यद्यपि, स्थानीयका अनुसार अझै केही चौपायाहरू छुटेर धानबाली नोक्सान गरिरहेका छन् । त्यसैले स्थानीय जनताले भेटेका ठाउँबाटै पशुहरूलाई टहरा वा तारबार भित्र धपाउन सहयोग गर्नुपर्ने देखिन्छ । विशेषज्ञहरूले सुझाएका छन् कि दुध नदिने गाई, बहर तथा अनियन्त्रित चौपायाका लागि छुट्टै खोर वा गौशाला निर्माण गर्नु जरुरी छ र पशु चाैपायाहरु छोड्ने मालिकहरुलाई जरिवाना लगाउने व्यवस्था गर्नु पर्ने देखिन्छ ।

नगरपालिकाले स्थानीयसँग सहकार्य गर्दै नियम र कार्यक्रमलाई प्रभावकारी बनाउँदा मात्र किसानको बाली नोक्सान कम गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...