सुदूरपश्चिम प्रदेशमा सचिवालय व्यवस्थापन ऐन संशोधन विधेयक प्रमाणीकरण

धनगढी- सुदूरपश्चिम प्रदेशमा एउटा महत्वपूर्ण विधेयक प्रमाणीकरण गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले बुधवार ‘सुदूरपश्चिम प्रदेश सभाको सचिव तथा सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन्।

२०७५ सालदेखि नै प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन कार्यान्वयनमा थियो। तर, व्यवहारमा देखिएका आवश्यकताअनुसार सो ऐनलाई संशोधन गर्ने पहल भएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसै क्रममा असार १३ गते बसेको प्रदेश सभाको छैटौं अधिवेशनको १३औं बैठकले संशोधन विधेयकलाई पारित गरेको थियो। त्यसपछि असार २३ गते सभामुखले उक्त विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि भदौ १० गते प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।

प्रस्तुत विधेयकलाई आवश्यक अध्ययन तथा परीक्षण पश्चात बुधवार प्रदेश प्रमुख मियाँले प्रमाणीकरण गरेका हुन्। प्रमाणीकरणसँगै अब विधेयक राजपत्रमा प्रकाशित हुने र ऐनको रूपमा कार्यान्वयनमा आउने छ।

यस संशोधनले प्रदेश सभाको सचिवालय व्यवस्थापनलाई थप स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

Loading...